बालेनले काठमाडौं उपत्यकाभित्र सबैलाई एम्बुलेन्स सेवा निःशुल्क बनाइदिए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं उपत्यकाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन् ।
काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रमअनुसार काठमाडौं उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको मेयर शाहले फेसबुक पेजबाट जानकारी दिएका छन् । मेयर शाहले भनेका छन्, ‘तपाईले १०२ मा कल गरेर आवश्यक परेको समयमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।’
मेयर शाहले काठमाडौं महानगरपालिकाभित्र राम्रो काम गरेर प्रशंसा पाइरहेका बेला निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन् ।
शाहको यो कार्यले एम्बुलेन्सको पैसा तिर्न नसक्ने सर्वसाधारण लाभान्वित हुनेछन् ।
मेयरमा निर्वाचित भएको अर्को हप्तादेखि जनताको सेवामा समर्पित बनाएका शाहले एकपछि अर्को राम्रो काम गरिरहेका छन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया