सूर्यद्वारा काठमाडौं– ४ बाट उम्मेदवारी घोषणा

काठमाडौं । सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले स्वतन्त्रतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसंग भेटघाट र छलफलमा छन् ।

उनले आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न ब्यस्त छन् । विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन् ।

‘युवाहरू अबसरको खोजीमा छन् । रोजगारीको अवसरका लागि भौतारिरहेका छन्’, उनले भने, ‘सचेत युवाले राजनीति बिकृति र विसंगतीबिरुद्ध बुलन्द आवाज उठाउँदै प्रतिनिधि सभातर्फ मेरो उम्मेदवारी हो ।’

उनले आफ्नो उम्मेदवारी कुनै पनि राजनीतिक दल वा उम्मेदवारहरूविरुद्ध नरहेको बताएका छन् । चन्दले काठमाडौं क्षेत्र नं. ४ का जनताले विकासका आधारहरू बोक्ने नेता नपाएको बताएका छन् ।

‘काठमाडौं–४ का जनताले विकसमुखी र जनताको भावनाअनुरुपको असल नेता पाउन सकेनन्’, चन्दले भने, ‘यसपालीको चुनाबमा परिबर्तनको लागि उम्मेदवारी दिनु पर्ने बाध्यता आएको छ ।’

उनले भने, ‘ठूला दलका नेताहरूसँग अहिले पनि भ्रम छ, हामी नेताहरू अझै पनि मीठा–मीठा भाषणद्वारा जनतालाई अन्धकारमा राख्न सक्छौभन्ने गलत सोँचमा रुमल्लीरहेका छन् ।’

युवा नेता चन्दले आफ्नो उम्मेदवारीलाई कम आंकलनमा नलिन सबैसँग आग्रह गरेका छन् ।

उनले ठूला भनिने दलका नेताहरू भाषणवाजी र ठूला गफमा व्यस्त भए जनतालाई अन्धकारमा राख्न मिडियामुखी र प्रचारमा मात्र ब्यस्त रहेको आरोप लगाएका छन् ।

‘जब चुनाव आउँछ अनि विकास निर्माणको कुरा आउँछ, शिक्षा, स्वास्थ्य, रोजागरी र आर्थिक सम्वृद्धिको कुरा आउँछन्’, उनले भने, ‘वर्षौदेखि डुबानमा परेको कपन क्षेत्रको समस्या चुनावको मुखमा मात्र उठ्छन् किन ?’

‘नेपालमा कार्यपालिकादेखि न्यायपालिकासम्म विश्वास गुमाउँदै गएको अवस्थामा समाजमा बढ्दो विकृती–विसंगती, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन उनले भनेका छन् ।

‘मुलुकका हरेक ठाउँमा बिकृती र विसंगतीहरू मौलाएका छन्’, उनले भने, ‘सडकदेखि सदनसम्म भ्रष्टाचारको जालो फैलिएको छ ।’

चन्दले भने, ‘मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो ।’

‘मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो’, उनले भने, ‘देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ ।’

लामो समय रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका चन्द समाजसेवाम अग्रणी भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् ।

२०५५ देखि राजनीतिमा सक्रिय चन्द राजनीतिक दलको बिकृती र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेदवारी दिने तयारिमा जुटेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराई चुनावमा उम्मेदवार बन्ने तयारी गरेका छन् ।

Published : Saturday, 2022 September 17, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया