ओलीको कार्यक्रमका लागि एमालेले सरकारी विद्यालय बन्द गरायो

लहान । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको कार्यक्रमका लागि सरकारी विद्यालय बन्द गरिएको छ ।

शुक्रबार सिरहाको चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा एमालेको पार्टी प्रवेश कार्यक्रमका लागि बन्द गरिएको स्थानीयले गुनासो गरेका छन् । विद्यालयभित्र एमालेको आमसभालाई ओलीले सम्बोधन पनि गरेका छन् ।

सोही कार्यक्रममा ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई एमालेमा स्वागत गरेका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेश प्रदेशका ईञ्चार्ज रघुवीर महासेठ, सह–ईन्चार्जद्वय लीलानाथ श्रेष्ठ, नेता प्रभु साह, ज्वाला साह लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सहभागी हुन ओली काठमाडौंबाट हेलिकप्टरमा आएका छन् ।

Published : Friday, 2022 September 16, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया