युवा नेता रावतद्वारा दैलेख– २ ‘ख’को टिकटमा दाबी
काठमाडौं । दैलेख क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’बाट एमालेका युवा नेता शेरबहादुर रावतले टिकटमा दाबी गरेका छन् ।
एमालेको दैलेख जिल्ला कमिटीको सचिवालय सदस्य रहेर पार्टीको राजनीति गर्दै आएका रावतले प्रदेशतर्फ प्रत्यक्षमा दाबी गरेका हुन् । युवाहरूका बीच लोकप्रिय मानिने रावत एमालेभित्र रुचाइएका नेतामा पर्छन् ।
२०५१ सालदेखि विद्यार्थी राजनीति गरेका रावत तत्कालीन समयमा नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध थिए ।
माबि कमिटीको अध्यक्षबाट राजनीतिक जीवनको शुरुवात गरेका रावतले युवा संघको केन्द्रीय सदस्यसम्म पुगेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा युवा नेता रावतले एमालेको तर्फबाट मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । उनले २०७८ मा पनि मेयर पदमा उम्मेदवारी दाबी गरेका थिए ।
त्यस बेला रावतले टिकट पाउन सकेनन् । टिकट नपाए पनि पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन खटिएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया