धनगढीको रनवेमा स्याल, सौर्यको जहाजलाई तनाब
धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि सौर्य एयरलाईन्सको जहाजले आकाशमा एकफन्को लगाएको छ ।
शुक्रबार काठमाडौंबाट धनगढी आएको जहाजले धनगढीको आकाशमा एकफन्को लगाएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताएका छन् ।
रनवेमा केही कुरा देखिएपछि पाइलटलाई टावरबाट तत्काल अवतरण नगर्न भनिएको थियो ।
टावरको निर्देशनमा सौर्य एयरलाईन्सको जहाजका पाइलटले सोहीअनुसार जहाजलाई एकफन्को लगाएका थिए ।
जहाज बिहान ११ बजेर ५५ मिनटमा काठमाडौंबाट धनगढी उडेको थियो । १२ बजेर ५५ मिनटमा अवतरण गर्दा धावन मार्गमा स्याल देखिएको थियो ।
स्यालका कारण सौर्यको जहाजले धनगढीको आकाशमा करीव दुई मिनेटसम्म फन्को लगाएको थियो ।
जोशीले धावन मार्गमा एक्कासि स्याल छिरेकाले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको बताएका छन् ।
जहाजमा कुनै प्राविधिक समस्या थिएन । स्यालका कारण यात्रु र कर्मचारीहरूले तनाव लिनुपरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया