कमिशनको करोडौंको खेल भएपछि टेलिकमका पौडेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर (एमडी) सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल टेलिकमका कर्मचारीहरूले आइपीटी र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै बिहीबार म्यानेजिङ्ग डाइरेक्टर पौडेलविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उनीहरूले कम्पनीमा नयाँ म्यानेजिङ्ग डाइरेक्टर पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरू भइरहेको दाबी गर्दै अख्तियारलाई छानविन गर्न माग गरेका छन् ।

जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमा बैठक बसेर ६ अर्ब २२ करोड ५७ हजारभन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि म्यानेजिङ्ग डाइरेक्टर पौडेलले हालसम्म नयाँ टण्डर आह्वान गरेका छैनन् । उनले बैठकको निर्णय विपरित काम गरेको उजुरीमा उल्लेख छ ।

पुरानो टेण्डरको समय समाप्त भइसकेको भन्दै पौडेलले अनुचित चलखेल गर्न थालेपछि हालसम्म काम हुन नसकेको कर्मचारीहरूको आरोप छ ।

हालका म्यानेजिङ्ग डाइरेक्टर पौडेल, सिटिओ प्रतिभा बैद्य, म्यानेजर देवेन्द्र खतिवडा र डा. विमल आचार्यको मिलेमोतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करीव १ वर्ष म्याद थपेर करोडौं कमिसन लिन लागेको उजुरीमा भनिएको छ ।

Published : Friday, 2022 September 16, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया