सह–सचिव भट्टराई विभागको महानिर्देशकमा सरुवा

काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सह–सचिव महेश भट्टराईलाई सरुवा गरेको छ ।

भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रिस्तरीय निर्णय गरेर विभागको महानिर्देशक बनाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए ।

भट्टराई यसअघि अर्थ मन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए ।

Published : Wednesday, 2022 September 14, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया