जापान उडेको वाइडबडी जहाज आधा घण्टमै फर्कियो, देखियो समस्या

काठमाडौं । जापान उडेको नेपाल एयरलाईन्सको वाइडबडी जहाल केही समस्या देखिएपछि फर्किएको छ ।

यात्रु लिएर जापानको नारिताका लागि उडेको वाइडबडी जहाजबाट धुवाँ निस्किएपछि काठमाडौं फर्काइएको छ ।

वाइडबडी जहाज मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको थियो ।

आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामा फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं फर्काएका हुन् ।

Published : Wednesday, 2022 September 14, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया