बालेनले गरे अर्को राम्रो निर्णय, श्रेष्ठलाई दिए जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको हो । मेयर बालेन्द्र शाह ‘बालेन’ले श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मंगलबारदेखि नै लागू हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको पत्रमा उल्लेख छ ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ ।

जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ ।

मेयर शाहले काठमाडौंमा सुधारका कामहरू गरिरहेका छन् । शाहको कामको सर्वसाधारणले खुलेर प्रशंसा गरेका छन् ।

Published : Wednesday, 2022 September 14, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया