भण्डारी र मण्डले थापाबीच गोप्य भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

पछिल्लो समय विवादमा रहेको नागरिकता बिधेयकको विषयमा थापाको धारणा फरक रहेको छ ।

राष्ट्रपति भण्डारीले चालेको कदमको पक्षमा आफूलाई थापाले उभ्याएका छन् ।

नागरिकता बिधेयकको बारे थापाले सामाजिक संजालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।

राष्ट्रपति भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । राप्रपा नेपालका अध्यक्ष थापा मण्डले हुन् । भण्डारीले मण्डले प्रवृत्तिका थापालाई भेटेपछि विवाद भएको छ ।

Published : Monday, 2022 September 12, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया