यी १२ ठेकेदार कम्पनीहरू कालो सूचीमा समावेश

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सोमबार सूचना जारी गरेर कार्यालयले ती १२ ठेकेदार कम्पनीहरूलाई कालो सूचीमा राखेको हो ।

पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कार्यालयले धैर्यता निर्माण उद्योग, हर्कदेवी बिल्डर्स, देवेन्द्र तेल उद्योग, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्न कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् ।

रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, च्याङला कन्स्ट्रक्सन, सुन्दरी निर्माण सेवा, किसान रक्तकाली पावर क्वालिटी जेभी र लामा बिल्डर्स कम्पनी समेत कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

Published : Monday, 2022 September 12, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया