१ लाख १५ हजार म्यादी प्रहरीको नयाँ भर्ना खुल्यो, भगौडालाई नो ईन्ट्री

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलेको छ ।
मंसिर ४ गते एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार भर्नासम्बन्धी सूचना प्रकाशित गरिएको छ । भदौ ३० गतेबाट आवेदन लिइनेछ ।

प्रहरीका प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राईले भदौ २६ गते म्यादी प्रहरी भर्नाका लागि सूचना प्रकाशित हुनेछ । भदौ ३० गतेबाट दरखास्त लिइनेछ ।

म्यादी प्रहरी भर्ना गर्दा गत स्थानीय तह निर्वाचनमा जिम्मेवारी पूरा गरी घर फर्किएका र पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्ने तयारी छ ।

म्यादी प्रहरी भर्नाको अन्तिम नतिजा आगामी २५ असोजमा सार्वजनिक गर्ने तयारी छ । म्यादी प्रहरीको काम गर्ने समय ४० दिनको हुनेछ ।

अर्थ मन्त्रालयले प्रहरीबाट माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ ।

नयाँ भर्ना हुने म्यादी प्रहरीका लागि भगौडामा परेका प्रहरी तथा पूर्वसुरक्षाकर्मी अयोग्य हुनेछन् ।

पहिले खटिएका तर अनुशासन कारबाहीमा परेका पूर्वम्यादीलाई पनि नयाँ भर्नाका लागि योग्य मानिनेछैन ।

Published : Sunday, 2022 September 11, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया