विशालनगरमा कांग्रेस नेता सापकोटाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.५ ‘क’का पूर्वसभापति भैरव सापकोटाले विशालनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

शनिबार विशासनगरमा सभापति सापकोटाले विशाल मिलन केन्द्र, चण्डोलमा स्वास्थ्य शिविर चलाएका हुन् ।

वीपी कोइरालाको १०९औं जन्म जयन्तीका अवसरमा सापकोटाले रचनात्मक कार्य गरेका हुन् ।

नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर ५ का सचिव रत्न महर्जनले कार्यक्रमको संयोजन गरेका थिए ।

शिविरमा स्थानीय व्यक्तिहरूले आफ्नो स्वास्थ जाँच गराएका थिए ।

शिविरमा बाथरोग, दन्त परीक्षण, सुगर, युरिक एसिड लगायतको स्थानीयले जाँच गराएका थिए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्कासहितका स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रदेश सभा ‘क’का पूर्व सभापति सापकोटाले आफ्नो गाउँ, टोल र क्षेत्रमा बेलाबेला रचनात्मक कार्यहरू गर्दै आएका छन् ।

प्रदेशतर्फ टिकटमा दाबी गरेका युवा नेता सापकोटाले पार्टीले टिकट दियो भने जितेर जनताको सेवा गर्ने बताउने गरेका छन् ।

Published : Saturday, 2022 September 10, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया