ओखलढुंगा कांग्रेसद्वारा लोकप्रिय युवा नेता रुम्दालीको कारबाही फिर्ता, देउवाको टेबुलमा पुग्यो फुकुवाको पत्र

ओखलढुंगा । नेपाली कांग्रेस ओखढुंगाले ज्ञानेन्द्र रुम्दालीको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

सभापति तेजेन्द्र खनालका अनुसार रुम्दालीको कारबाही फिर्ता लिएर फुकुवाका लागि केन्द्रीय कार्यसमितिमा लेखेर पठाएको बताएका छन् ।

रुम्दालीलाई कांग्रेसले मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षको टिकट दिएर जिताइसकेको छ । रुम्दाली कांग्रेसका लोकप्रिय नेता हुन् ।

रुम्दालीको कारबाहीलाई लिएर विभिन्न प्रश्न उठेका बेला ओखलढुंगा कांग्रेसले कारबाही फिर्ता लिएर केन्द्रलाई जानकारी पठाएको छ ।

Published : Saturday, 2022 September 10, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया