कांग्रेसलाई जिताउन गठबन्धन बनायौं : गृहमन्त्री खाण

भरतपुर । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धन कायम गरिएको बताएका छन् ।

शुक्रबार चितवन कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान पहिलो चरणको समापन कार्यक्रममा खाणले सबै पार्टीलाई लोकतान्त्रिक बनाउन गठबन्धन गरेको बताए ।

उनले कतिपयलाई गठबन्धन मन नपरे पनि विस्तारै सबै पार्टी सुधार्दै लैजाने बताएका छन् ।

‘गठबन्धन कतिपयलाई रुचीकर नभएको हुन सक्छ’, खाणले भने, ‘पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन अगाडि बढायौँ ।’

उनले भने, ‘विस्तारै सबैलाई सुधार्ने कांग्रेसले हो । हाम्रो पार्टी सुदृढ बनाउनुपर्छ । अरुलाई पनि सुधार्ने हो ।’

गृहमन्त्री खाणले २०७४ को निर्वाचनमा नेकपाले बहुमत ल्याएपछि संविधानमा आक्रमण गरेकाले कांग्रेस नेतृत्वको सरकार बनेको बताएका छन् ।

‘लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, परम्परा र संस्कृतिमाथि नै खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रहार गर्‍यो’, उनले भने, ‘त्यसैले यी सबै कुरालाई बचाउन गठबन्धन सरकार बन्यो ।’

Published : Friday, 2022 September 9, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया