गोरखा– २ ‘ख’बाट समानुपातिकतर्फ कांग्रेस नेता भण्डारीको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र भण्डारीले गण्डकी प्रदेश सांसदका लागि समानुपातिकतर्फ दाबी गरेका छन् ।

महाधिवेशन प्रतिनिधि एवम् वित्तीय तथा सहकारी समन्वय विभागका पूर्व सचिव समेत रहेका युवा नेता भण्डारीले गोरखाको क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा समानुपातिकतर्फ आफ्नो दाबी रहेको बताए ।

नेता भण्डारीले भने, ‘गोरखा कांग्रेसले विश्वास गरेर मलाई प्रदेशमा समानुपातिकतर्फ टिकट दिनेछ भन्ने विश्वास छ ।’

भण्डारीले गोरखा कांग्रेसका सिनियर नेता र अन्य साथीहरूसँग पनि आफ्नो उम्मेदवारीका विषयमा परामर्श गरिरहेका छन् । कांग्रेस नेता भण्डारी सहकारीका अभियन्ता पनि हुन् ।

सहकारीका विषयमा कुनै निर्णय वा सरसल्लाह लिनुपर्दा कांग्रेसले भण्डारीसँग पनि परामर्श गर्ने गरेको छ ।

Published : Friday, 2022 September 9, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया