यी चार जना राजदूतमा नियुक्त, दुई जनालाई जिम्मेवारी थप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार जनालाई राजदूतमा नियुक्त गरेकी छिन् ।

दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।

संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा.श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ ।

हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई सो जिम्मेवारी दिइएको छ ।

Published : Friday, 2022 September 9, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया