कांग्रेस सभापति बानियाँले स्वतन्त्र उम्मेदवार बन्छु भन्नेहरूलाई यसरी नाङ्गेझार बनाए

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक÷दुई जना स्वतन्त्रले जितेर केही नहुने बताएका छन् ।

बिहीबार मकवानपुरको हेटौँडा उप–महानगरपालिका– १७ मा रहेको अण्डाल बेद अध्यापन केन्द्रको शिलान्यास गर्दै बानियाँले स्वतन्त्रले जितेर संसदभित्र कुर्लनेभन्दा अरु केही नहुने बताए ।

‘उ बेला मकवानपुरमा निष्पक्ष सक्रियताको अभ्यास भन्दै थाहा अभियान चलाउनुभएको रुपचन्द्र विष्टले पनि केही गर्न सक्नु भएन’, उनले भने, ‘स्वतन्त्रहरूले जितेमा सांसद भवनमा कुर्लनेबाहेक अन्य कुनै काम हुँदैन ।’

तत्कालीन समयमा रहेका २८ मण्डले नियुक्त भण्डाफोर अभियान चलाएका रुपचन्द्र विष्टले जनतालाई केही सू–सुचित गरेपनि अरु केही गर्न नसकेको बाँनियाले आरोप लगाएका छन् ।

उनले भने ‘एक/दुई जना स्वतन्त्रले जिते भने सांसद भवनमा गएर कुर्लने र कुनामा थन्केर बस्नेबाहेक केही हुनेवाला छैन ।’
सभापति बानियाँले बहुदलीय प्रजातन्त्र भएको देशमा बहुमत प्राप्त दलले शासन गर्ने बताएका छन् । उनले स्वतन्त्रको पछि नलाग्न सबैसमक्ष आग्रह गरेका छन् ।

निर्दलीय व्यवस्थाको रुपमा रहेको पञ्चयात समापन भएको भन्दै बाँनियाले दलीय व्यवस्थामा दलले शासन गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्रहरूले जितेका छन् । त्यो देखेर प्रतिनिधि सभा र प्रदेश सभातर्फ पनि स्वतन्त्र उम्मेदवारहरू उम्मेदवार बन्ने चर्चा चलेका बेला कांग्रेस सभापति बानियाँले स्वतन्त्रहरूलाई निर्दलीयताको संज्ञा दिएका छन् ।

Published : Friday, 2022 September 9, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया