मनाङबाट कांग्रेसका नेता गुरुङ प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता च्यूङ गुरुङ ‘कर्मा’ समानुपातिकतर्फ सिफारिस भएका छन् ।
मनाङ कांग्रेसले गुरुङलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरेको हो ।
पर्यटन व्यवसायी समेत रहेका नेता गुरुङ नेविसंघ, तरुण दलको उत्पादन हुन् ।
मनाङ जिल्लाबासीहरूको शक्तिशाली सामाजिक संस्था ‘मनाङ सेवा समाज’को महासचिव समेत रहेका गुरुङले आफूलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरेकोमा मनाङ कांग्रेसलाई धन्यावाद दिएका छन् ।
गुरुङले कांग्रेसलाई मंसिर ४ गतेको निर्वाचनमा जिताउनुपर्ने दायित्व कांग्रेसका नेता कार्यकर्ताहरूको रहेको बताएका छन् ।
उनले पार्टीभित्र केही मनमुटाव छभने ती तिक्तताहरू भुलेर एकजुट बनेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विगतमा कांग्रेस कमजोर र सानो पार्टी हुँदा मुलुकले संकट झेल्नु परेको युवा नेता गुरुङले उल्लेख गरेका छन् । उनले भने, ‘कांग्रेस कमजोर छैन । कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया