राजेन्द्र लिङ्देनको लोकप्रियता बढेका बेला राप्रपाबाट नेता थोकर सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रामबहादुर थोकर प्रतिनिधि सभातर्फ समानुपातिकमा सिफारिस भएका छन् ।
राप्रपा मकवानपुरले थोकरलाई समानुपातिकतर्फ सिफारिस गरेको हो ।
नेता थोकर यसअघिको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए ।
मकवानपुर राप्रपाका कार्यकर्ताहरूका बीच नेता थोकर लोकप्रिय मानिन्छन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहेका थोकर लाभको पदमा पुगेका छैनन् । उनले पद प्राप्तिमा लोभ पनि गर्दैनन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको काम गर्ने शैलीबाट प्रभावित बनेका नेता थोकरले यस पटकको निर्वाचनमा राप्रपाले राम्रो स्थान प्राप्त गर्ने बताएका छन् ।
नेता थोकरले प्रचार प्रसारलाई देशभरि व्यापक बनाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया