राजेन्द्र लिङ्देनको लोकप्रियता बढेका बेला राप्रपाबाट नेता थोकर सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रामबहादुर थोकर प्रतिनिधि सभातर्फ समानुपातिकमा सिफारिस भएका छन् ।

राप्रपा मकवानपुरले थोकरलाई समानुपातिकतर्फ सिफारिस गरेको हो ।

नेता थोकर यसअघिको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए ।

मकवानपुर राप्रपाका कार्यकर्ताहरूका बीच नेता थोकर लोकप्रिय मानिन्छन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहेका थोकर लाभको पदमा पुगेका छैनन् । उनले पद प्राप्तिमा लोभ पनि गर्दैनन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको काम गर्ने शैलीबाट प्रभावित बनेका नेता थोकरले यस पटकको निर्वाचनमा राप्रपाले राम्रो स्थान प्राप्त गर्ने बताएका छन् ।

नेता थोकरले प्रचार प्रसारलाई देशभरि व्यापक बनाउनुपर्ने बताएका छन् ।

Published : Thursday, 2022 September 8, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया