मलेसियामा धनुषाका सुरजको मृत्युदण्डको सजाय परिवर्तन

काठमाडौं । मलेसियामा कर्तव्य ज्यान मुद्दामा मृत्यु दण्डको सजाय पाएका धनुषाका सुरजदेव साह तेली अब १२ वर्ष जेलमा बस्नु पर्ने भएको छ ।

मलेसियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय पाएका तेलीलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।

रोजगारीका लागि मलेसिया गएका धनुषाको गोविन्दपुरका तेलीलाई सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा मृत्यु दण्ड सजाय दिइएको थियो ।

अगस्टमा उनलाई मलेसियाको फौजदारी संहिताले मृत्युदण्डको सजाय तोकिएको थियो ।

अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले ८ सेप्टेम्बर २०३३ को मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको छ ।

तेली अब बाँकी सजाय सकिएपछि नेपाल फर्किनेछन् ।

Published : Thursday, 2022 September 8, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया