संकटको बेला झन् एक्लिए सन्दीप लामिछाने, संघले पनि साथ छाड्यो
काठमाडौं । नेपाल क्रिकेट संघले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लिम्बन गरेको छ ।
संघका कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्लले बिहीबार विज्ञप्ति जारी गरेर लामिछानेलाई कप्तान पदबाट निलम्बन गरेको जनाएका हुन् ।
प्रहरीले अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गर्नेवित्तिकै संघले पनि लामिछानेलाई निलम्बन गरेको छ । संकटका बेला लामिछानेलाई नेपाल क्रिकेट संघले पनि साथ छाडेको छ । लामिछाने एक्लिएका छन् ।
‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसूरमा भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयाअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया