रामहरि खतिवडाद्वारा एमालेका तीन नेताहरूसँग फोनमा कुराकानी, राजनीतिक संस्कार देखाए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेका तीन जना नेतालाई फोन गरेर निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धाको निम्तो दिएका छन् ।

बुधबार खतिवडाले एमाले ओखलढुंगाका तीन जना नेताहरूलाई फोन गरेर प्रतिनिधि सभाको पार्टीबाट टिकट लिन आग्रह गरे ।

खतिवडाले एमालेका नेताहरू अमिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारलाई फोन गरेर लोकतान्त्रिक र स्वच्छ प्रतिस्पर्धाका लागि आग्रह गरेका हुन् ।

कांग्रेस र एमालेबाट ओखलढुंगामा जसले टिकट पाए पनि निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने खतिवडाले बताएका छन् । गालीगलौजको राजनीतिले कसैलाई पनि राम्रो नहुने खतिवडाले बताएका छन् ।

पूर्वसांसद समेत रहेका कांग्रेस नेता खतिवडाले राजनीतिक संस्कार देखाउँदै एमालेबाट टिकटका लागि सिफारिस भएका ३ जना नेताहरूलाई टिकट लिन सफल हुन आग्रह गरेका छन् ।

Published : Wednesday, 2022 September 7, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया