कांग्रेसका लोकप्रिय नेता मीनकृष्ण महर्जन टिकटमा सिफारिस, ललितपुरमा खुसीयाली
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभाग पूर्वसचिव मीनकृष्ण महर्जन प्रदेश सभातर्फ प्रत्यक्षको टिकटमा सिफारिस भएका छन् ।
ललितपुर क्षेत्र नं. १ ‘ख’तर्फ कांग्रेसले सिफारिस गरेको हो । कांग्रेसको प्रदेश कार्यसमिति र क्षेत्रीय कार्यसमितिले नेता महर्जनलाई पहिलो नम्बरमा सिफारिस गरेको हो ।
खेलकुदका हस्तीका रुपमा परिचित महर्जन अघिल्लो प्रदेश सभा निर्वाचनमा झिनोमतले पराजित भएका थिए ।
ललितपुर कांग्रेसमा महर्जन खम्बाका रुपमा परिचित छन् । जिल्लाका नेता कार्यकर्तालाई संरक्षण गर्दै आएका महर्जन प्रदेश सभातर्फ प्रत्यक्षमा टिकटका लागि सिफारिस भएपछि युवाहरूमा खुसीयाली छाएको छ ।
बच्चा, वृद्धवृद्धा, युवा, तरुण, विद्यार्थी लगायत सबैसँग छिटो घुममिल गर्न सक्ने महर्जनलाई ललितपुरका मतदाताले यस पटक जिताउनेछन् ।
कांग्रेसले ललितपुरमा हारेकै कारण विकाससहित सबै कुरामा पछाडि परेको छ । महर्जनसहितका कांग्रेसका सबै उम्मेदवारहरूले जित्नुपर्ने ललितपुर कांग्रेसको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया