चीनलाई साइजमा ल्याउन ताइवानले अत्याधुनिक हतियारहरू किन्ने
लण्डन । चीनसँग तनाव बढिरहेका बेला ताइवानले अमेरिकासँग अत्याधुनिक हतियारहरू खरिद गर्न लागेको छ ।
अमेरिकाले ताइवानलाई १ अर्ब डलरभन्दा बढीको हतियार बेच्ने लागेको अल्जाजिराले जनाएको छ ।
अमेरिकाले ताइवानलाई एन्टीशिप मिसाइल, साइडविन्डर मिसाइल, एअर टु एअर मिसाइल, रडार वार्निङ सिस्टम लगायतका हतियार बेच्न लागेको छ ।
न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै अमेरिकाले सम्झौता घोषणा गरेको छ ।
चिनियाँ सेनाले ताइवानको नजिकै सैन्य अभ्यास गर्दै आएको छ ।
ताइवानमा चीनको आक्रामकतालाई ध्यानमा राख्दै अमेरिकाले सैन्य सहयोग गरेको जनाइएको छ ।
अमेरिकाको हतियार सहयोग गर्ने र विक्री गर्ने घोषणाको चीनले विरोध गर्दै आएको छ ।
चीनले अमेरिकालाई यसको परिणाम भोग्न तयार हुन चेतावनी समेत दिएको छ ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकालाई उक्त सम्झौता रद्द गर्न आग्रह गरेको छ ।
सम्झौताले वाशिङटन र बेइजिङबीचको सम्बन्धलाई खतरामा पार्न सक्ने दूतावासका प्रवक्ता लिउ पेंग्युको भनाई छ ।
चीनले अमेरिकाको हतियार सहयोगलाई चीनको आन्तरिक मामिलामा अमेरिकाको अनावश्यक हस्तक्षेप भनेर टिप्पणी गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया