ओलीसँग लसपस गरेपछि चौधरीको मन्त्री पद फुत्कियो
धनगढी । एमालेतिर लसपस गरेपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तमा परेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावलले बताए ।
चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।
मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो ।
चौधरी एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको बुझिएको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका थिए । चौधरीले ओलीसँग भेट गरेर एमाले प्रवेशको तयारी गरेका थिए ।
चौधरीसँगै एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरूलाई एमाले प्रवेशको तयारी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया