यातायात व्यवस्था सहज बनाउन गृहमन्त्रीसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्र र यातायातको व्यवस्थाबारे सह–महामन्त्री यादवले ध्यानाकर्षण गराएका हुन् ।

यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि थिए ।

भेटमा ट्रक व्यवसायी महासंघ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो ।

यातायात क्षेत्रमा देखिएका वर्तमान विषयबस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताए ।

आफूहरूले ठूला चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिले बाटै पहल गरिरहेको बताए ।

Published : Tuesday, 2022 August 30, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया