२० वर्षीया काभ्रेली यी युवतीको काठमाडौंमा गज्जवको धन्दा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २० वर्षीया पुनमाया श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले श्रेष्ठलाई वैदेशिक रोजगारीको ठगी अभियोगमा कोटेश्वरबाट पक्राउ गरेर भदौ १३ गते थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले श्रीमाया सुवेदीसहितका व्यक्तिलाई रोमानिया पठाएर रोजगारी लगाइदिने प्रलोभन देखाए १७ लाख ७५ हजार रुपियाँ लिएर सम्पर्क विहीन भएकी थिइन् । पीडितहरूले श्रेष्ठविरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

श्रेष्ठको स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका – ४ मा पर्छ । उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ बस्दै आएकी थिइन् ।

रोमानियामा फुड प्याकिङको काम लगाइदिन्छु भनेर श्रेष्ठले ६ लाखका दरले रकम उठाएकी थिइन् ।

Published : Monday, 2022 August 29, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया