आईजीपी सिंह नेपालबाट उडे, न्युयोर्कको विशेष कार्यक्रमा सहभागी हुने, अर्का आईजीपीले पनि देश छाडे

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका छन् ।

सोमबार राति आईजीपी सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्क प्रस्थान गरेको प्रहरी हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ १५ देखि १७ गतेसम्म संचालन हुने तेस्रो संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी सिंह न्युयोर्क प्रस्थान गरेका हुन् ।

आईजीपी सिंहसँग समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेको विज्ञप्तिमा जनाइएको छ।

आईजीपी सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित विदाई गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Published : Monday, 2022 August 29, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया