राजदूत डा.शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता, मन्त्रालयमा भव्य स्वागत

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले भारतीय केन्द्रीय गृह एवम् सहकारितामन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

सोमबार नयाँदिल्लीस्थित गृह मन्त्रालयमा राजदूत डा.शर्माले गृहमन्त्री शाहलाई भेट गरेका हुन् । शाहले डा.शर्मालाई मन्त्रालयमा भव्य स्वागत गरेका छन् ।

भेटमा नेपाल र भारतबीचको सम्बन्ध, सुरक्षा चासो, मंसिरमा हुन लागेको नेपालको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलगायतका विषयमा परामर्श भएको बुझिएको छ ।

भारतीय केन्द्रीय गृह एवम् सहकारितामन्त्री शाहले ट्वीट गरेर भारतका लागि नेपाली राजदूत डा.शर्मासँग भेटवार्ता गरेको उल्लेख गरेका छन् ।

राजदूत डा.शर्मा कुटनैतिक क्षेत्रमा अब्बल मानिन्छन् । उनी राजदूत बनेर गएपछि भारतका उच्च तहका राजनीतिक नेतृत्वसँग भेट गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझैँ उचाइँमा पु¥याउने गतिविधि गरिरहेका छन् ।

राजदूत डा.शर्माको कार्यबाट प्रधानमन्त्री शेरबहादुर देउवा पनि सन्तुष्ट छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि भारतका लागि नेपाली राजदूत डा.शर्मासँग सकारात्मक छन् ।

यसअघिका नेपाली राजदूतहरूले भारतीय राजनीतिक नेतृत्वसँग सहज पहुँच बनाउन सकेका थिएनन् । तर, डा.शर्माले भारतसँग राम्रो कुटनैतिक सम्बन्ध बनाउने प्रयासहरू गरिरहेका छन् ।

Published : Monday, 2022 August 29, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया