देउवासँग अनुमति लिएर मगरले जम्बो टोली बनाए

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ’को केन्द्रीय तदर्थ कार्यसमितिमा विभिन्न नेताहरूलाई मनोनयन गरिएको छ ।

महासंघका सभापति ओमबहादुर घर्ती मगरले आइतबार सदस्यहरू मनोनयन गरेका हुन् । मगरले सभापति शेरबहादुर देउवासँग अनुमति लिएर सदस्यहरू मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा विश्वदीप लिङदेन (झापा), जगत बराम (गोरखा), तीर्थ लामा (सिन्धुपाल्चोक), डा. राजकुमार राई (खोटाङ), रामबहादुर लामा (चितवन), सुनिल गुरुङ (कास्की), कर्म व्यञ्जनकार (ललितपुर) रहेका छन् ।

धनादेवी थापा मगर (कैलाली), रामजी कङेन (धनकुटा), रेनुका काउचा मगर (बागलुङ), शेरबहादुर तामाङ (धादिङ), जयप्रसाद इङनाम (तेह्रथुम), टेकबहादुर लिम्बु (झापा) पनि मनोनयन भएका छन् ।

धनाकुमारी मगर (उदयपुर), टोपबहादुर थापा मगर (बर्दिया), ज्ञानबहादुर लामा, (नुवाकोट), माया पुन मगर (बाँके), लक्ष्मी थिङ (मकवानपुर), ईन्द्रा गुरुङ (गोरखा), पूर्णबहादुर गुरुङ (चितवन), कामी शेर्पा, (सिन्धुपाल्चोक), आङ टेण्डी शेर्पा (रामेछाप), बडेराम हेमरम (झापा) पनि सदस्यमा मनोनयन भएका छन् ।

सदस्यमा मनोनयन हुनेमा केसाङमु शेर्पा (सोलुखुम्बु), ठाकुर कुमाल (धादिङ), मोहन छन्त्याल (म्याग्दी), शम्भु तामाङ (काठमाडौं), मनहरि श्रेष्ठ (धनुषा), हिलारीबन्धु भुजेल, (ओखलढुंगा), लीलामान कङेन (संखुवासभा), रणबहादुर तावा (पाँचथर), चन्द्र खालिङ राई (सोलुखुम्बु), रमेश इवाहाङ (धनकुटा), धर्मराज राई (भोजपुर), दुर्गा सुनुवार (सिन्धुली), छत्र वम्जन (सिन्धुली), पूर्णसिद्धि लामा (सिन्धुपाल्चोक), मोहन राजवंशी (झापा), बासुदेव ऐतवाल (दार्चुला), पासाङ शेर्पा (ताप्लेजुङ) पनि मनोनयनमा परेका छन् ।

तलिसरा रखाल (नवलपुर), विजेन्द्रकुमार कायस्थ (कञ्चनपुर), मदनलाल श्रेष्ठ (काठमाडौं), नन्दबहादुर गुरुङ (जुम्ला), फुञ्जेन लामा (मुगु), कुन्छाङ टासी लामा (हुम्ला), टेकबहादुर गुरुङ (सुर्खेत), जानुका लिम्बु शेर्पा, (तेह्रथुम)लाई सभापति मगरले मनोनयन गरेका हुन् ।

Published : Monday, 2022 August 29, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया