देउवाको कुरा बुझिदैन, काम बुझिन्छ, ओलीको केही पनि बुझिदैन : रामहरि खतिवडा

चिशंखुगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पार्टी विधि र बिधानले चल्ने पार्टी भएको बताएका छन् ।

ओखलढुंगाको चिशंखुगढीमा शनिबार आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गतको राष्ट्रिय अभियान कार्यक्रममा खतिवडाले सबै कार्यकर्ताले सिस्टमलाई अनुसरण गर्नुपर्ने बताए ।

‘कांग्रेसले हार्दा ओखलढुंगाको सबै विकासहरू हारेको छ’, उनले भने, ‘२०७० सालमा कांग्रेसले जित्दा दुधकोशी हाइड्रोपावर जस्तो राष्ट्रिय योजनाहरू शुरु ग¥यौं ।’

उनले भने, ‘लिखु एकवार, दुधकोशी एकवार, मोलुङ एकवार जस्ता योजनाहरूको शुरूवात गर्‍यौं । यी विकासका कार्यक्रम रोकिएकोमा चिन्ता लागेको छ ।’

कार्यक्रममा निर्वाचित प्रतिनिधिहरूलाई लक्षित गर्दै नेता खतिवडाले भने, ‘अहिलेको युग डिजिटल भएकोले एउटा एपको सहराले संसारलाई यहीँ बसेर हेर्न र खोज्न सक्छौं । त्यहीँ एप तपाईं जनप्रतिनिधि साथीहरू हुनुहुन्छ सेवाग्राही धेरैभन्दा धेरै सेवाहरू उपलब्ध गराउनु होला ।’

‘तपाई जनप्रतिनिधि साथीहरू जनताहरूसँग जोडिएर, नयाँ साथीहरूलाई सँगै लिएर हिड्न अनुरोध गर्छु’, उनले भनेका छन् ।
उनले कांग्रेसलाई बलियो बनाउने भनेको कार्यकर्ताले रहेको भन्दै कांग्रेस बलियो बन्यो भने मात्रै विकास र राष्ट्रियता बलियो हुने बताए ।

फरक आस्था र सिद्धान्त भएका सबै पार्टीहरूलाई शेरबहादुर देउवाले मिलाएर राखेको नेता खतिवडाले बताएका छन् ।
‘शेरबहादुर देउवाको बोली बुझिन्दैन काम बुझिन्छ’, उनले भने, ‘केपी ओलीको बोली बुझिन्छ, काम बुझिन्दैन ।’

‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि किड्नीपीडित, स्पानलकड इन्जरी लगायत धेरै रोग लागेकालाई हरेक महिना रु.५००० दिने निर्णय भएको छ’, उनले भने ।

‘केपी ओलीले ठूलोठूलो सभामा पानीजहाज, चाइनाबाट रेल प्रष्ट बुझिने गरि भाषण गरे पनि कुनै पनि काम भएन’, उनले भने, ‘ओलीजी धेरै झुठ बोल्नु हुन्छ । कम्युनिस्ट भनेका झुठ बोल्नेहरूको झुण्ड हो ।’

Published : Sunday, 2022 August 28, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया