तेक्वान्दोले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राखेको छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विदेशबाट धेरै मेडल ल्याउने खेलमा तेक्वान्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सभापति बानियाँले तेक्वान्दोलन नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राखेको बताए । उनले तेक्वान्दो खेलको मुलुकका लािग ठूलो योगदान रहेको बताए ।

उनले बुबाको मुख हेर्ने दिन तेक्वान्दो खेलको कार्यक्रम राखिएको भन्दै आयोजकलाई धन्यावाद दिएका छन् ।

कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जित, जैसीदेवल क्लवका अध्यक्ष राजेश प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, जैसीदेवल युथ क्लब, काठमाडौंले शनिबार २९औं जन्मोउत्सव मनाएको छ ।

कार्यक्रममा इन्ट्रा तेक्वान्दो प्रतियोगिताका विजयी खेलाडी तथा तेस्रो चित्रकलाका प्रतियोगी बिजेताहरूलाई मेडल तथा प्रमाण बितरण गरिएको थियो ।

Published : Sunday, 2022 August 28, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया