कांग्रेसबाट जितेका मेयर खाणले नगरका सरसफाइकर्मीसँग दर खाए, शुभकामनासहित सम्मान गरे

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाले नगरका सरसफाइकर्मीसंग तीज मिलन साँस्कृतिक कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका नगर प्रमुख रामकृष्ण खाणले सरसफाइ कर्मचारीहरूलाई मायाको चिनोसहित शुभकामना दिएका छन् ।

खाण कर्मचारीहरूसंगै नाचगाँन समेत गरेर रमाइलो गरेका छन् ।

अरु दिन आफ्नै कर्ममा खटिएका कर्मचारीहरू नगर प्रमुख खाणसँग दर खान र नाच्न पाउँदा खुशी देखिए ।

खाणले नागरिकले प्रष्ट देख्ने सरसफाइ जस्तो अभियानमा लाग्नु भएका सम्पूर्ण कर्मचारीप्रति सम्मान गरेर हौसला थपेका छन् ।

‘म पनि श्रम गर्न नगर प्रमुख भएको हुँ तपाईहरूको साथ र सहयोग विना नगर विकासको सम्भव छैन’, उनले भने, ‘हातेमालो गरेर परिश्रम गरौं । हाम्रो नगरलाई सफा र हराभरा सुन्दरता दिन सकिन्छ ।’

उनले काम गर्नको लागि आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

Published : Sunday, 2022 August 28, 8:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया