गगन थापाले दिए लुम्बिनी एकेडेमीका विद्यार्थीलाई शुभकामना

काठमाडौं । लुम्बिनी एकेडेमी कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले कलेजका नव–आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । थापाले विद्यार्थीले नै पछि गएर मुलुक हाँक्ने बताए ।

महामन्त्री थापाले, भने, ‘भविष्य निर्माण गर्ने समयमा विद्यार्थीलाई अन्यत्र लाग्नु हुँदैन ।’

थापाले भोलिको लक्ष्यलाई मध्यनजर गर्दै आजको दिनमा मिहिनेत र परिश्रम गरि अगाडि बढ्न आग्रह गरेका छन् ।

लुम्बिनी एकेडेमीका अध्यक्ष, समाजसेवी लोकेश ढकालले कलेज विद्यार्थीप्रति सधैं कृतज्ञ रहने बताए ।

लुम्बिनी एकेडेमिक कलेजका प्रिन्सिपल रविन भट्टराईले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । उनले यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीले सहि गन्तव्य रोजेको भन्दै शुभकामना र धन्यवाद दिएका छन् ।

यसवर्ष कलेजमा नवआगन्तुक विद्यार्थी ४५० जना पुगेका छन् ।

प्रिन्सिपल भट्टराईले विद्यार्थीप्रति आफूहरूले सधैं अभिभावकीय भूमिका बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उप–कुलपति एवम् शिक्षाविद् तीर्थ खनियाँ शिक्षाले नै मुलुकको उन्नति र प्रगति हुने बताए ।

कार्यक्रममा लुम्बिनी एकेडेमीका प्रेन्सिपल रविन भट्टराई, कलेजका पूर्व अध्यक्ष माधवप्रसाद उपाध्याय, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनी कोइराला, वीवीएम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो ।

मनोरञ्जनार्थ कलाकार गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकरसहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावकसहित विद्यार्थीको पनि उपस्थिति रहेको थियो ।

कलेजमा कक्षा ११/१२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानून लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ ।

व्याचलरतर्फ एमबीएस, बीबीएस, बीसीए, बीबीएम लगायतका कोर्सहरू पठनपाठन हुँदै आइरहेका छन् ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

लुम्बिनी एकेडेमिक कलेज विशेष गरि व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।

Published : Saturday, 2022 August 27, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया