शैक्षिक, आर्थिक कार्यमा मेरो योगदान रहन्छ : कांग्रेस नेता लामा, कस्तो छ तस्बिरमा स्वर्गको टुक्रा किस्पाङ ?

किस्पाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले आफ्नो क्षेत्र र गाउँको विकासका लागि जस्तो सुकै योगदान गर्न तयार रहेको बताएका छन् ।

बिहीबार नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको पानसयखोलामा स्थानीयहरूसँगको भेटमा लामाले नुवाकोटको उत्तरी भेगको विकासमा आफू सधैं सक्रिय रहने बताए ।

नेता लामा गाउँमा आएको थाहा पाएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले नेता लामासँग गाउँको विकास र पर्यटनको विकासमा पहल गर्न आग्रह गरेका छन् । नेता लामाले किस्पाङ गाउँपालिका पर्यटनमा उत्कृष्ट रहेको बताए ।

नेता लामाले भने, ‘शिक्षा, पर्यटन र जडीबुटीका हिसाबले किस्पाङ निकै महत्वपूर्ण छ । नुवाकोटलाई समृद्ध बनाउन किस्पाङले ठूलो मद्दत गर्छ ।’

कांग्रेस नेता लामाले भने, ‘किस्पाङको आर्थिक उन्नति भनेको कृषि र पर्यटन नै हो । अर्को कुरा हामीले शिक्षालाई नि ध्यान दिनुपर्छ । मेरो ध्यान शिक्षमा केन्द्रित छ । शिक्षाले नै गाउँको विकास गर्छ ।’

कांग्रेसका नेता लामाले किस्पाङमा सडकको बिस्तार भएको भन्दै पर्यटनलाई अगाडि बढाउनुपर्ने बताए । उनले शिक्षालाई पनि उत्तिकै महत्व दिनुपर्ने र त्यो कार्यमा आफू लागेको बताएका छन् ।

किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङले आफ्नो उद्देश्य भनेको किस्पाङलाई आर्थिक र शैक्षिक रुपमा बलियो बनाउने रहेको बताए । उनले भने, ‘किस्पाङ आर्थिक र शैक्षिक रुपले बलियो हुनुपर्छ । त्यो कार्यमा मेरो भूमिाका रहनेछ ।’

किस्पाङ काठमाडौंबाट निर्क निजकको सुन्दर गन्तव्यमा पर्छ । काठमाडौंबाट हेलीकप्टरमा १५ मिनट र गाडीबाट ५ घण्टामा पुग्न सकिन्छ । किस्पाङ स्वर्गको टुक्रा नै मानिन्छ ।

Published : Thursday, 2022 August 25, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया