प्रहरीका यी पाँच एसपीहरूको काज सरुवा, दाङमा ओली

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरू (एसपी) को काज सरुवा भएको ।

प्रहरी प्रधान कार्यालयले बुधबार एसपी काज सरुवा गरेको हो ।

काज सुरुवा हुनेमा एसपी बीरबहादुर ओली, सुरेशकुमार काफ्ले, महेन्द्र खड्का, सन्तोषसिंह राठौर र खड्कबहादुर खत्री रहेका छन् ।

बीरबहादुलाई जिल्ला प्रहरी कार्यालय दाङ, सुरेशप्रसादलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, महेन्द्रलाई बागमती प्रदेश प्रहरी गण हेटौँडा, सन्तोषसिंह राठौरलाई केन्द्रीय विशेष कार्यदल र खड्कबहादुरलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा भएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2022 August 24, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया