यी २१ जिल्ला न्यायाधीशहरूको पदस्थापना, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषदले २१ जिल्लाका जिल्ला न्यायाधीशहरूको पदस्थापना गरेको छ ।

साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पदस्थापना गरिएको हो ।

परिषदले एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पोष्टिङ गरिएको छ । ध्रुवकुमार ढकाललाई महोत्तरी, विकास श्रेष्ठलाई सुनसरी, नवराज दुलाललाई उदयपुरमा पदस्थापन गरिएको छ ।

जगन्नाथ पौडेल (धनुषा), विष्णुकुमार रेग्मी (रुपन्देही), पुरुषोत्तम नेपाल (पर्सा), राजेश्वर अर्याल (मोरङ), महेन्द्रबहादुर थापाक्षेत्री (कास्की), भीमबहादुर निरौला (झापा), रामानन्दप्रसाद अधिकारी (कपिलवस्तु), मोहन सुवेदी (मोरङ)मा पदस्थापना भएको छ ।

सुरेशराज खनाल (सुनसरी), निर्मला शर्मासुवेदी (चितवन), हर्कबहादुर क्षेत्री (सप्तरी), पूर्णिमा कोइराला (रौतहट), तारादेवी महर्जन (बारा), डल्लुराम चौधरी (कैलाली), ताराकुमारी शर्मा (दाङ) र भगवती शर्मा ढुङ्गाना पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।

Published : Wednesday, 2022 August 24, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया