यस कारण सन्काहा मन्त्री-महानिर्देशकको हर्कतले ठूलो दुर्घटना हुन सक्थ्यो, जहाज रनवेमै अड्कियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने र नेपाल उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ठूलो लापरबाही गरेर टेष्ट फलाईट गरेका छन् ।

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री आलेको सन्काहामा नेपाल एयर लाईन्सको वाईड बडी विमानलाई काठमाडौंबाट सिधै भैरहवा विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा परीक्षण उडान गर्दा पाइलट र ईञ्जिनियरमात्रै राख्ने व्यवस्था रहेको छ । त्यो व्यवस्थालाई उल्लंघन गरेर मन्त्री आले, सचिव न्यौपाने र महानिर्देशक आधिकारीले आफ्नो पदीय आचरण विपरितको कार्य गरेको पाईलट, ईञ्जिनियरहरूले बताएका छन् ।

यसअघि केलिब्रेसल फलाईट भएको थियो । टेष्ट फलाईटमा पाइलट र ईञ्जिनियरमात्रै जानुपर्नेमा मन्त्री आले र महानिर्देशक अधिकारीले आफ्नो ‘भाउ’ बढाउनलाई २७४ जनालाई लिएर टेष्ट फलाईटमा राखेर भैरहवा गएका थिए ।

टेष्ट फलाईटमा धेरै मानिसहरू राखेर लैजानुभनेको निकै जोखिमपूर्ण रहेको एकजना पाईलटले बताएका छन् । रनवेमा के हुन्छ ? कस्तो हुन्छ ? त्यो एकदमै रेगुलेसनको खिलापमा मन्त्री आले, सचिव न्यौपाने र महानिर्देशक अधिकारीले हर्कत गरेको भनेर विरोध भएको छ ।

टेष्ट फलाईटमा जे पनि हुन सक्छ । यती ठूलो गम्भीर कुरामा मन्त्री आले, सचिव न्यौपाने र महानिर्देशक अधिकारीले जस लिनका लागि ठूलो लापरबाही गरेको आरोप छ । टेष्ट फलाईटका क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो ।

जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । रनवेमा अड्किएको जहाज केही समयपछि एप्रोनतर्फ ल्याइएको थियो ।

विमानस्थलको धावन मार्गमा जहाज अवतरणपछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ ।

जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको थियो । जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरेका थिए । अर्को विकल्प मागे ।

प्राविधिकहरूले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन । टोइङ गर्नुपर्‍यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेक्कलको मदतमा तान्नु हो ।

जहाजका पाईलट रमन घिमिरेले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीले उडान भर्न सक्ने अवस्था नरहेको बताएका छन् । धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गरेपछि मात्र वाइडबडी जहाज सञ्चालन गर्न सकिने उनको भनाई छ ।

‘विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चाल गर्न सक्ने अवस्था छैन । जहाज अवतरण पछि ट्रर्निङमा समस्या छ । ट्रर्निङ स्पेस नै पुग्दैन’, पाईलट घिमिरेले भने, ‘वाइडबडी जस्ता ठूला जहाज सञ्चालनको लागि धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गर्न आवश्यक छ ।’

धेरै उत्साहकासाथ हेरिएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज नै सञ्चालन गर्न नसकिने भएपछि सरोकारवालाहरुलाई पहिलो गासमा नै ढुंगा लागेको छ । विमानस्थल निमार्ण गर्दा ध्यान नपुर्‍याउँदा यस्तो समस्या उत्पन्न भएको हो ।

अर्बौं रकम खर्च गरेर सञ्चालनमा आएको विमानस्थलमा ठूला जहाज नै सञ्चालन गर्न सक्ने अवस्था नभएपछि थप समस्या उत्पन्न भएको छ ।

उक्त आयोजनाका प्रमुख हालका नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक अधिकारी नै हुन् ।

विमानस्थलको डिजाइनका सन्दर्भमा पटक–पटक विवाद समेत उत्पन्न भएको थियो । आयोजनाका प्रमुख अधिकारीले त्यसको वेवास्ता गरेका थिए । अधिकारीले जिम्मेवारी लिएका यस्ता थुप्रै आयोजना पटक–पटक विवादमा पर्दै आएका छन् ।

टेष्ट फलाईट भए पनि भैरहवा विमानस्थल फुलफेजमा सञ्चालन हुन अझै ५ वर्ष लाग्ने महानिर्देशक अधिकारीले बताएका छन् ।

Published : Friday, 2022 April 29, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया