प्रचण्डले फाले दुइटा पासा, देउवाले बुझे कम्युनिस्टको कुरा, कांग्रेसलाई घाटा हुन नदिने

अरुण सुवेदी, राजनीतिक विश्लेषक

प्रचण्ड जस्तो सातिर खेलाडीले अहिले यो जुनपासा फाल्नुभएको छ, जुन कारणले ओलीसँग उहाँले बिद्रोह गर्नुभयो । ओलीजीले घोषणा गरेको निर्वाचनप्रति असहमति जनाउनुभयो । आज उहाँफेरि अर्ली इलेक्सनका पक्षमा उभिनुभयो । प्रचण्डजीका राजनीतिक यूटर्न हो यसलाई दुइटा डाइमेन्सनबाट हेरेको छु ।

एउटा डाइमेन्सनबाट हेर्दा के देखियो भने अमेरिकासँगको सम्बन्ध र एमसीसीलाई जसरी भएपनि बिलम्बित, लम्बित विषय बनाउन प्रचण्डले पहिलादेखिनै चाहनुभएको हो । उहाँको पार्टीमा देव गुरुङ र लीलामणि पोखरेल बोलिराख्नुभएको थिएन । शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाइराख्दा शेरबहादुर देउवाजीको स्ट्याण्ड क्लियर थियो । यसलाई वैशाख १२ गतेको नेटो जुन कटिन्छ ? नेटो कटेपछि शेरबहादुरजीले अब यसलाई धान्न सक्ने अवस्था छैन । वैशाख १२ गते उहाँले पेश गर्दै जाँदा प्रचण्डजीलाई जुन अफ्ठ्यारो पर्नेवाला थियो, त्यसलाई अब धकेल्नको लागि निर्वाचन आचारसंहिता जतिसक्दो चाँडो लागू गराउनु प¥यो । जति सक्दो चाँडो मुलुकमा निर्वाचन आचारसंहिता लागू गरेर यो विषय पछि हटोस् भन्ने पक्षमा प्रचण्ड चाहनु हुन्छ ।

अर्को डाइमेन्सन के हो भने ? प्रचण्डजीलाई एकदमै जसरी भए पनि निर्वाचनमा जान एउटा दरबिलो एलाइन्स चाहिएको छ । तुरुन्तै हिँजोअस्तिको ओलीजीसँगको तात्ततातो इतिहाँस छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जान सक्ने सम्भावना नै छैन । शेरबहादुर देउवाजीले व्यक्तिगत रुपमा चाहना राखेर मात्रै पनि हुँदैन । यदि गठबन्धन गरेर नेपाली कांग्रेसले केही सिट दियो भने पनि त्यहाँ मेसिभली बिद्रोह हुन्छ र त्यसको लाभ हुनेवाला स्थिति छैन । माओवादी र कांग्रेसको एलाइन्स हुनै सक्दैन ।

नेपाली कांग्रेसलाई सबै गरेर संसदको १६५ सिट, राष्ट्रिय सभा र पार्टीमा पदाधिकारीहरू बनाउँदा पनि नेता व्यवस्थापन हुन नसकेको अवस्था छ । त्यति धेरै मानिसहरू छन् । ती मान्छेको व्यवस्थापन र नेताहरूको व्यवस्थापन नै नेपाली कांग्रेसलाई आफैलाई अपुग भइरहेका बेला अरुलाई छोड्न सक्दैन । पहिला एलाइन्स गर्दा पोखरा र भरतपुरको तितो अनुभव पक्कै छ, कांग्रेसीहरूलाई ।

कांग्रेस अहिले आधारभूत विषयमा सैद्धान्तिक रुपमा अलग–अलग स्थिति छदैछ । तीमाथि पनि आफ्नै नेताहरूलाई व्यवस्थापन गर्ने र पार्टीभित्रकै आन्तरिक व्यवस्थापनका कारण पनि कांग्रेस एलाइन्समा जानै सक्दैन । पहिला पनि एलाइन्समा गएर एक प्रकारणको स्थिति निर्माण भइसकेको र अहिले पनि काहिँन काहिँबाट अभिप्रेरित भएर, कहिँन कहिँको सहजीकरणले केपी ओलीसँगको सम्बन्धलाई अलिकति तनव शिथिलिकरणको अध्यायमा लैजान प्रचण्डजी चाहनुहुन्छ । त्यसका लागि अर्लि इलेक्सन गरेर ओलीलाई जष्टिफाइ गरेर जाने पक्षमा छन् ।

कांग्रेससँग सम्भव भएन भने प्रचण्डजीको नेष्ट पासा ओलीजी नै हो । कम्युनिस्टमा आत्मालोचना गरेर यूटर्न हुन झनै सजिलो छ । एलाइन्स हुनुभन्दा पहिला प्रचण्डका बारेमा केपी ओलीका अभिव्यक्तिहरू प्रसस्त सुनेका हौँ नि त ? कति कडा र खराब अभिव्यक्तिहरू ओलीले दिनुभएको थियो । त्यसका बाबजुद पनि उहाँहरूको पार्टी एकीकरण हुने अध्यायसम्म पुग्यो नि ? पहिलाको निर्वाचनमा केपी ओलीले आफूलाई जति दरबिलो महशुस गर्नुभएको थियो यसपालिको निर्वाचनमा केपी ओली आफ्नै पार्टी पनि विभाजन भएको हुनाले पहिलाको निर्वाचन जस्तो आफूलाई दरबिलो महशुस गर्नुभएको छैन ।

केपी ओलीले पहिलाको निर्वाचनमा जस्तो दरबिलो महशुस गर्नुभएको छैन । त्यस बेला एउटा पपुलिस्ट नारालाई पकडेर हिँड्नुभएको थियो ओलीजी । नाकाबन्दी विरोधीको नारालाई । कालापानी, लिम्पियाधुरा र लिपुलेकको नारालाई ओलीले मात्रै बोक्ने कुरा छैन । सबैले बोकेका छन् । मत सबैले हारेका छन् ।

ओलीजी एजेण्डा र जनधरातलमा पनि पहिलाको इलेक्सनमा भन्दा पनि कमजोर हुनुहुन्छ । सत्ता आउँछ भने गठजोड गरे जस्तो गरेर आफूलाई अलिकति माथि राखेर प्रचण्डको वजुद पनि कहिँको सहजीकरण होला, कहिँको अभिप्रेरणा पनि होला तिनीहरूले पनि काम गरेको होला कहिँ न कहिँको प्रायोजन पनि होला ।

दोबाटोमा पत्ताफाल्नुभएको छ प्रचण्डजीले । कांग्रेसलाई दवावमा अहिलेसम्म राख्नुभयो । यत्रो दवावमा हुँदा पनि शेरबहादुरजीले इलोक्ट्रोल एलाइन्स गर्नुभएन । इलेक्ट्रोल एलाइन्सको कमिटमेन्ट संसद अगाडि लग्ने हो, या अर्कातिर जाने बाटो मैले निर्धारण गरिसकेँ भनेर शेरबहादुरजीलाई यो सन्देश दिने हो । शेरबहादुरजीबाट नआएर प्रचण्डजीबाट आयो नि त यो कुरा ।

प्रचण्डजीले अहिले जुन पासा लिएर आउनुभयो । यो भैपरी आएको गठबन्धन हो । सैद्धान्तिक रुपमा पनि स्वभाविक होइन । संसद विघटनको शेरबहादुरजी विरोधी होइन । देउवाजीले स्थानीय तहको निर्वाचन गरौँ भन्नुभएको छ ।

माधवजीको बारेमा म भन्न सक्दैन । उहाँलाई अस्तित्वको संकट छ । प्रचण्डजीले जुनपत्ता फाल्नुभएको छ त्यो पत्ताअनुसार ओलीजी र प्रचण्डजीको गठजोड भयो भने पनि माधव नेपालजी त्यसबाट दुधको माखो हुने जस्तो स्थिति छ । कांग्रेसले प्रचण्डसँग गठबन्धन गरेर जाने अवस्था छैन भने माधवजीसँग गठबन्धन गर्ने झन् स्थिति नै छैन । माधव नेपालजीको जे जस्तो अस्तित्व जोगिन्छ, प्रचण्डजी, माधव नेपालजी र मिलेर जानुभयो भने जे जति मधेश प्रदेशमा केही सम्भावना छ । समानुपातिकबाट केही सिट आउने सम्भावना हुन्छ । इलेक्ट्रोल एलाइन्स नगर्ने हो भने माधव नेपाललाई एक सिट पनि जित्न गाह्रो छ ।

स्थानीय तहको निर्वाचन गर्न कांग्रेसलाई संवैधानिक बाध्यता छ । स्थानीय तहको निर्वाचन गर्दा कांग्रेसलाई त्यत्ति ठूलो तात्विक घाटा छैन । कांग्रेस नाफाकै गणितमा हुन्छ । त्यसले मनोवैज्ञानिक रुपमा राष्ट्रिय निर्वाचनमा प्रभाव पार्छ । कांग्रेसलाई धेरै डिफेन्सिभ बनाएर शेरबहादुर देउवाजी जानुहुन्छ भन्ने मलाई लागेको छैन । स्थानीय तहको निर्वाचन पहिला गर्दा कांग्रेसलाई फाइदा छ ।

एमसीसी ल्याउन निवेदन दिने माओवादीको सरकार हुँदा बाबुराम भट्टराई हो । एमसीसीको सर्त निर्धारण गर्ने भनेको माओवादीको प्रधानमन्त्री प्रचण्डजी हो । प्रचण्डले निर्धारण गरेको सर्तअनुसार सम्झौता गरेको शेरबहादुरजी प्रधानमन्त्री हुँदा ज्ञानेन्द्रबहादुर कार्कीले हो । नेपालको संविधानले व्यवस्था गरे अनुसार एमसीसीलाई संसदमा पहिचान गर्नुपर्छ भनेर एउटा सर्त केपी ओली प्रधानमन्त्री हुँदा हालिएको हो । त्यो संवैधानिक बाध्यता मात्रै थियो । राजनीतिक रुपमा प्रचण्डले बेइमानी गर्नुभयो । आफैले गरेको सर्तहरूलाई प्रचण्डले प्रश्न सोध्नु थाल्नुभयो ।

Published : Friday, 2022 January 21, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया