गृह मन्त्रीको आग्रह अष्ट्रेलियाद्वारा स्वीकार, विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा अष्ट्रेलियाले अध्ययनरत विद्यार्थीलाई काम गर्ने समय बढाइदिएको छ ।

अष्ट्रेलियन सरकारले अबको नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा काम गर्ने समय बढाइदिएको अष्ट्रेलियन प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा जम्मा २० घण्टा मात्रै काम गर्न पाउने गरेका थिए । २० घण्टाको कमाइले नेपाली विद्यार्थीलाई अध्ययन गर्न, खान र बस्न समस्या थियो ।

केही दिन अगाडि सिंहदरबारमा गृहमन्त्री खाण र नेपालका लागि अस्ट्रेलियायन राजदूत फेलिसिटी भोल्कबीच भेटावार्ता भएको थियो । खाणले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका समस्या समाधानका लागि आग्रह गरेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा नेपाली विद्यार्थीलाई हप्तामा २० घण्टाभन्दा धेरै समय काम गर्न दिने कुरा समावेश भएको छ ।

८ हप्तासम्म अस्ट्रेलियामा उडान भर्ने नेपाली विद्यार्थीले भिसा अप्लाइ गर्दा लाग्ने शुल्क पनि फिर्ता पाउनेछन् ।

Published : Wednesday, 2022 January 19, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया