अमेरिका आइपुगिन् हिमानी शाह

न्युयोर्क । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आएकी छिन् ।

नेपाली समयअनुसार हिमानी मंगलबार अमेरिकाको डिसी महानगरस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

हिमानी ट्रष्ट युएसएको कार्यक्रममा सहभागी हुन् हिमानी अमेरिका आएकी हुन् । अमेरिकामा रहेका नेपालीहरूले हिमानी ट्रष्ट युएसए गरेर कार्यालय स्थापना गर्दैछन् ।

हिमानी ट्रष्ट युएसएका पदाधिकारीले पूर्वयुवराज्ञी हिमानीलाई विमानस्थलमा स्वागत गरेका छन् ।

हिमानी ट्रष्ट युएसएका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, अनिल पाण्डे, अरुण रुपाखेती, हिमानी ट्रष्ट युएसएका केन्द्रीय सदस्य मोहन निरौला, रमा सिंह, प्रभा भट्टराई देउजालगायत हिमानीलाई स्वागत गरेका थिए ।

बुधबार साँझ मेरिल्याण्ड राज्यमा उनले हिमानी ट्रष्ट युएसएको उद्घाटन गर्नेछिन् ।

Published : Wednesday, 2022 January 19, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया