अमेरिका आइपुगिन् हिमानी शाह
न्युयोर्क । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आएकी छिन् ।
नेपाली समयअनुसार हिमानी मंगलबार अमेरिकाको डिसी महानगरस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।
हिमानी ट्रष्ट युएसएको कार्यक्रममा सहभागी हुन् हिमानी अमेरिका आएकी हुन् । अमेरिकामा रहेका नेपालीहरूले हिमानी ट्रष्ट युएसए गरेर कार्यालय स्थापना गर्दैछन् ।
हिमानी ट्रष्ट युएसएका पदाधिकारीले पूर्वयुवराज्ञी हिमानीलाई विमानस्थलमा स्वागत गरेका छन् ।
हिमानी ट्रष्ट युएसएका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, अनिल पाण्डे, अरुण रुपाखेती, हिमानी ट्रष्ट युएसएका केन्द्रीय सदस्य मोहन निरौला, रमा सिंह, प्रभा भट्टराई देउजालगायत हिमानीलाई स्वागत गरेका थिए ।
बुधबार साँझ मेरिल्याण्ड राज्यमा उनले हिमानी ट्रष्ट युएसएको उद्घाटन गर्नेछिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया