कांग्रेसका केन्द्रीय सदस्य परियारद्वारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य जीवन परियारले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्वसांसद समेत रहेका परियारले कांग्रेसको १४औँ महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् ।

युवा नेता परियार नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई असल नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन अपील गरेका छन् ।

उनले भने, ‘कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउने भनेको कार्यकर्ताहरूले हो । महाधिवेशनमा आउनु हुने प्रतिनिधिले असल नेतृत्वलाई मतदान गरेर विजयी बनाउन अनुरोध गर्दछु ।’

Published : Saturday, 2021 November 27, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया