कांग्रेसका युवा नेता तिमिल्सिना शानदार मतसहित बर्दियाबाट निर्वाचित

बर्दिया । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

बर्दिया जिल्लाको क्षेत्र नं. २ बाट दोस्रो लोकप्रिय मतसहित तिमिल्सिना निर्वाचित भएका हुन् । नेता तिमिल्सिना सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका तिमिल्सिना नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको कार्यबाहक जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

नेविसंघ, तरुण दल हुँदै कांग्रेसको केन्द्रीय राजनीति शुरु गरेका तिमिल्सिनाले अब आफूलाई नेतृत्वमा स्थापित गर्ने प्रयासमा छन् । कांग्रेसका युवाहरूका बीच लोकप्रिय तिमिल्सिनालाई अग्रजहरूले पनि उत्तिकै मन पराउँछन् ।

Published : Saturday, 2021 November 27, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया