कांग्रेसका लोकप्रिय युवा ‘राधे’को शानदार जित, कम्युनिस्टहरू डरले थुरुरु

धादिङ । नेपाली कांग्रेस धादिङबाट युवा नेता एवम् नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

धादिङ क्षेत्र नं. १ बाट ‘राधे’ले खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । ‘राधे’ सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवारी दिएका थिए ।

युवा नेता ‘राधे’ले ४५२ मतसहित महाधिवेशन प्रतिनिधि शानदार जित दर्ज गराएका छन् । मतदाताहरूको मन जितेर ‘राधे’ले जितेपछि धादिङ कांग्रेसभित्र युवाहरू खुसी भएका छन् । ‘राधे’को पक्षमा नारावाजी समेत भएको थियो ।

कम्युनिस्टहरूप्रति कठोर मानिने युवा नेता ‘राधे’ युवाहरूका बीच लोकप्रिय छन् । ‘राधे’ले कांग्रेसको राजनीतिमा औपचारिक हातहालेपछि कम्युनिस्टहरूको सातोपुत्लो उडेको छ ।

कांग्रेसका नेता कार्यकर्तामाथि छड्के नजर लगाउने कम्युनिस्टलाई युवा नेता ‘राधे’को जितले तनाब बढाइदिएको छ ।

Published : Saturday, 2021 November 27, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया