खोटाङ कांग्रेसको सभापतिमा राई झिनो मतले विजयी, जित्न पैसाको खोलो बग्यो

दिक्तेल । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । विष्णुले यसअघि पनि सभापति चलाइसकेका छन् ।

विष्णु पार्टीभित्र आफ्नो विरोधीहरूप्रति कठोर मानिन्छन् । संगठन निर्माणमा विष्णु कमजोर छन् । सभापतिमा निर्वाचित हुन विष्णुले पैसाको खोलो बगाएको आरोप छ ।

शुक्रबार सार्वजनिक भएको अन्तिम नतिजामा विष्णुले सभापति पदमा झिनो मतान्तरले पराजित गरेका हुन् ।

सभापतिमा सर्वधन राईलाई पराजित भएका छन् । सभापतिमा निर्वाचित भएका विष्णु नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । पराजित भएका सर्वधन सभापति शेरबहादुर देउवा निकटका हुन् ।

विष्णुले ६६९ मत र सर्वधनले ६१० मत पाएका हुन् । विष्णुको प्यानल नै विजयी भएको छ ।

उप–सभापति इवन राई र तीर्थराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा समिर राई र ज्ञानेन्द्र जोशी तथा सह–सचिव सार्जन राई र शालिकराम बञ्जारा निर्वाचित भएका छन् ।

खोटाङमा १ हजार ३ सय ७३ क्षेत्रीय प्रतिनिधि छन् । १ हजार ३ सय २२ जनाले मतदान गरेका थिए ।

Published : Friday, 2021 November 26, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया