सुमेरु सहकारीको अपारदर्शी लगानी र कारबाहीबारे कुरा उठेपछि भरत महर्जनले मुख खोले

ललितपुर । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ललितपुरले सहकारीमा कुनै संकट नरहेको दाबी गरेको छ ।

राष्ट्रिय दैनिक पत्रिकाहरूमा पैसा तिरेर विज्ञप्ति निकालेर सुमेरुले सहकारीविरुद्ध आएका समाचारमा कुनै सत्यता नरहेको जनाएको हो ।

सहकारीले आफूविरुद्ध आउने समाचारका विषयमा कानून उपचारमा गएको चेतावनी दिएको छ । सुमेरु सहकारीले समाचार लेखेर बार्गेनिङ गर्ने गरेको आरोप लगाएको छ ।

सुमेरु सहकारीको पैसा सुमेरु ग्रुपका कम्पनीहरूमा लगानी गरेको तथा सहकारीको वार्षिक प्रतिवेदन लुकाएर राखेको भन्ने समाचारहरू आएपछि सहकारीका अध्यक्ष भरत महर्जनले सो आरोपको खण्डन गरेका छन् ।

सुमेरु सहकारीको पैसा ऐन, नियम, विधि र विधान विपरित सुमेरु ग्रुपका कम्पनीहरूमा घुमाउरो तरिका अध्यक्ष महर्जनले लगानी गरेको भन्दै समाचार आएपछि सहकारीले पैसा तिरेर विज्ञापनका रुपमा विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ ।

समाचारमा सुमेरु सहकारीमाथि छानविनको माग पनि गरिएको छ । सुमेरु सहकारीको अपारदर्शी लगानीका विषयमा सहकारी विभाग र सीआईबीले अनुसन्धान गर्नुपर्ने माग समाचारहरूमा उल्लेख छन् ।

सहकारीविरुद्ध विभिन्न प्रश्न उठाएर समाचार आएपछि सुमेरुबाट बचतकर्ताहरूले पैसा समेत फिर्ता माग्न थालेको उल्लेख छन् ।

सुमेरुको कागजपत्र नियन्त्रणमा लिएर सहकारी विभाग र प्रहरीको सीआईबीले अनुसन्धान गर्नुपर्ने माग उठेका छन् । लगानी डुब्ने हो कि भने सुमेरुका बचतकर्ताहरू चिन्तित बनेका छन् ।

समाचारहरूमा सुमेरुका अध्यक्ष महर्जनलाई रकम दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्ने जस्ता समाचार पनि आएका थिए ।

सुरुमेरु सहकारीले पुस १५ गते वार्षिक साधारण सभा समेत बोलाएको छ ।

Published : Friday, 2021 November 26, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया