रामचन्द्रका छोराको साथी जिताउन सभापति यादवको ठूलै हर्कत
चपुर, १० मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोइराला (२२७) लाई क्षेत्रीय प्रतिनिधि बनाउन क्षेत्र नं. ४ को अधिवेशन विवादित बनाइएको छ ।
यो षडयन्त्रमा कांग्रेसका जिल्ला सभापति कृष्णा यादव, मतदान अधिकृत दीपक रेग्मीलगायतको समेत संलग्नता रहेको असन्तुष्ट नेता कार्यकर्ताहरूले बताए ।
कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलका क्लासमेट साथी हुन् । उनी चन्द्रपुरबाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोइरालाको ठाडो निर्देशनमा उनलाई वृन्दावन– २ बाट क्षेत्रीय प्रतिनिधि बनाइएको छ ।
यही षडयन्त्रअन्तर्गत रौतहट –४ ‘ख’मा २७२ क्षेत्रीय प्रतिनिधिमध्ये १५१ ले हस्ताक्षर गरी माग गर्दा समेत निर्वाचन गराउन मतदान अधिकृतले वेवास्ता गर्दै आएका छन् ।
जिल्ला सभापति यादवकै तजविजनमा खाने, वस्ने गर्दै आएका रेग्मी यादवको योजनानुसार नै हिडेको कार्यकर्ताको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया