कम्युनिस्टसँग भिडेर बसेका थापाद्वारा भक्तपुर कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने थापाले बिहीबार भक्तपुर कांग्रेसको सभापतिमा उम्मेदवारी दिने जनाएका हुन् । थापाले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
थापा भक्तपुर कांग्रेसको यसअघि पनि सभापति थिए । उनले दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका छन् ।
थापाले भक्तपुरमा कांग्रेसका लागि कम्युनिस्टसँग भिडेर बसेका छन् । नारायणमान विजुक्छेको नेमकिपा र एमालेसँग कडा टक्कर लिएर बसेका थापाले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउँदै आएका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका थिए । त्यस बेला भक्तपुर कांग्रेसलाई केही समस्या भएको थियो ।
प्रदेशतर्फको उप–निर्वाचनमा थापाले कांग्रेसका उम्मेदवारलाई जिताएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया