तरुण उपाध्यक्ष चापागाइँद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

‘१४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु’, उनले भने, ‘पार्टीका साथी र शुभेच्छुकहरूबाट सहयोगको आशा लिएको छु ।’

भोजुपुर जिल्लाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन भएका चापागाइँलाई महासमिति सदस्य सर्वसम्मत बनाइएको थियो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निकट मानिने युवा नेता चापागाइँले नेविसंघबाट आफ्नो राजनीति शुरु गरेका थिए ।

Published : Thursday, 2021 November 25, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया